पश्चाताप नै लागेको भए प्रधानमन्त्री बालकोट गएर बस्नुस्ः थापा मगर

पोखरा । अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापामगरले माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आँसु चुहाएर पार्टीमा काम गर्न दिएन भनेको बताउँदै हठाठ रुपमा प्रतिनिधिसभा विघटन किन गरियो भन्दै प्रश्न गरेकी छिन् ।

काठमाडौंमा आयोजित प्रचण्ड–नेपाल पक्षको जनसभालाई सम्बोधन गर्दैै त्यो पश्चात्को आँसु नै थियो भने पश्चाताप गरेर आउन आग्रह गरेकी छिन् । पश्चाताप नै लागेको हो भने भोलिबाट नै बालकोटमा गएर बस्न उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छिन् ।

काम गर्न नसकेपछि एक्लौटी ढंगले प्रतिनिधिसभा विघटन गरेको थापामगरको आरोप रहेको छ ।

‘सिंगो देशलाई नै उहाँले अस्थिरताको बाटोमा लैजानु भयो ।’ उनले भनिन् । हालको संविधान महिलाका लागि महत्वपूर्ण रहेको बताउँदै उनले भागरथी भट्ट, निर्मला पन्तको कारवाही नगरेसम्म सबै महिलालाई एकजुट हुन उनले आग्रह गरिन् ।

कमेन्टहरु
Loading...