वार्षिकोत्सवको अवसरमा नापतौलका सामान परीक्षण

पोखरा । पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ६७ औं वार्षिकोत्सवको सन्दर्भमा पोखरा नापतौल कार्यालय कास्कीका अधिकारीको रोहबरमा पोखरामा स्वच्छ व्यवसाय नै आफ्नो धर्म भएको भन्दै नापतौलका सामान पुनः प्रमाणित गरिएको हो ।

भाँडा व्यवसायीले आफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले जानकारी दिएका छन् । उद्योगी÷व्यवसायी पनि उपभोक्ता नै भएको स्मरण गर्दै उनले सामाजिक संस्थाका रूपमा पोखरा उद्योग वाणिज्य संघ सदैव उपभोक्ताको हितमा रहेको बताएका छन् ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ, कपडा एसोसिएसन पोखरा र पोखरा भाँडा व्यवसायी संघको संयुक्त आयोजनामा गरिएको परीक्षण कार्यक्रममा व्यवसायीले आफ्ना नापतौलका सामान चुस्तदुरुस्त बनाएको भन्दै संघका उद्योगतर्फकाउपाध्यक्ष गोकर्ण कार्कीले सबैलाई धन्यवाद व्यक्त गरे ।

व्यवसायीलाई नापतौल कार्यालयमै पुगेर पनि आफ्ना सामान चुस्त र दुरुस्त बनाउन उनले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख तिलक केसी, रुघुनाथ पौडेल, विपिन पुरीलगायतले नापतौलका सामान अद्यावधिक गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले नापतौलका सामान चुस्तदुरुस्त राख्न व्यवसायीलाई आग्रह गर्दै संघ सदैव स्वच्छ व्यवसायीको पक्षमा रहेको उल्लेख गरेका छन् । रासस

कमेन्टहरु
Loading...