आज नेकपा प्रचण्ड–नेपाल समुहले विरोध सभाको आयोजना गर्दै, २ लाख कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै आज पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले विरोधसभाको आयोजना गर्दै छ । काठमाडौंको भृकुटीमण्डपमा हुने विरोध सभालाई उक्त समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

सभा आयोजना गर्नु अगाडि राजधानीका विभिन्न स्थानहरुबाट ¥याली निकालिने उक्त समुहको योजना छ ।

पुल्चोक, मण्डला, त्रिपुरेश्वर, माइतीघर मण्डला, केशरमहल तथा जमलबाट निस्किने जुलुसलाई अध्यक्षद्वय प्रचण्ड तथा नेपालले नेतृत्व गर्ने बताइएको छ । मुख्य ¥याली भने सुन्धाराबाट सुरु हुने स्रोतले बताएको छ ।

प्रचण्ड–नेपालले आयोजना गर्ने विरोध सभाका लागि देशका विभिन्न जिल्लाहरुबाट कार्यकर्ता ओसारिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समुहले विरोध सभामा करिब २ लाख कार्यकर्ता उतार्ने दावी गरेको छ ।

यो सभा आन्दोलनका रुपमा निर्णायक आन्दोलन हुने उक्त समुहले दावी गरेको छ ।

कमेन्टहरु
Loading...