पोखरा । अनेरास्वबियू कास्कीले जिल्ला कमिटी तथा जिल्ला कमिटी मातहतका कमिटीहरूका जिम्मेवारीमा मनोनयन गरेको छ ।
कास्कीका संयोजक बिबेक देबकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला सह-संयोजकमा विजय पौडेल , पोखरा महानगर संयोजकमा विनोद भण्डारी, पृथ्वीनारायण क्याम्पसमा संयोजक बिष्णु पोख्रेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
कास्की जिल्ला कमिटीमा ७ जना कार्यलय सदस्यसहित १ सय ९७ जना सदस्यमा मनोनित भएका छन् ।
यस्तै जनप्रिय बहुमुखी क्याम्पस संयोजकमा किशान भण्डारी , पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस संयोजक भवसागर रानाभाट , नर्सिंङ क्याम्पसमा पूर्णिमा नेपाली , विन्दुवासिनी संस्कृत क्याम्पसमा कृष्ण पौडेल , बन विज्ञान अध्ययन संस्थानमा प्रभात किरण भट्टराई र प्राकृतिक श्रोत व्यबस्थापन कमिटीमा प्रविण पौडेलले जिम्मेवारी पाएका छन् ।
गाउँपालिका संयोजकहरुमा रुपामा दिनेशचन्द्र घिमिरे , मादीमा रवी क्षेत्री , माछापुच्छ्रेमा अनिल जंग पौडेल र अन्नपूर्णमा विजय भुजेल मनोनित भएका छन् ।
जिल्ला र मातहत कमिटीमा नेतृत्व छनोटका लागि माघ ९ गते नै अनेरास्ववियू कास्कीले बृहत कार्यकर्ता भेला गरेको थियो ।
कास्की संयोजक देवकोटाले अब अनेरास्ववियू कास्कीमा कुनै प्रकारका बिवाद नरहेको र संगठनले हरेक शैक्षिक तथा जनजिविकाका सवालमा आवाज उठाउने बताए ।