बेपत्ता खोजका लागी सभा

पौष १८, पोखरा/जनयुद्धको क्रममा राज्यद्धारा बेपत्ता बनाइएका शिबराज पराजुली ‘प्रमोद” को १३ औं खोजसभा सम्पन्न भएको छ । बिहीबार लेखनाथको डाँडानाकमा सम्पन्न सभालाई एकीकृत माओवादीका नेता झलकपाणी तिवारीले क्रान्तिकारीहरुका लागि मोर्चाको विजय पराजय सामान्य भएको बताए । उनले अहिले जे परिणाम आएको छ, त्यो क्रान्तिकारीहरुका लागि विजयको एक राम्रो अवसर भएको बताए ।

तिवारीले ‘बेपत्ताहरुको त्यागको प्रतिफल आजको उपलब्धी हो, यसको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा एकीकृत माओवादी क्षेत्र नं. १ का संयोजक गंगा पोखरेल, राज्य समिति सदस्य विनय थापा लगायतका वक्ताहरुले सत्य निरुपण आयोग बनाएर बेपत्ताहरुको खोजी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बेपत्ता शिबराजका बुवा कृष्णप्रसाद पराजुली, बेपत्ता परिवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल, बोधराज लामिछाने लगाएतले छोराको जीवनीबारे चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...