राजु गिरी, पोखरा ।
पोखरा रंगशालामा भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको पहिलो खेलमा एपिएफ क्लवलाई पछाडी पार्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा विजयी सुरुवात गरेको हो ।
नेपाल पुलिसले एपीएफलाई २६–२४, २५–२२ र २५–११ को सेटमा जित निकालेको हो । प्रतियोगितामा आज दोस्रो खेल महिला तर्फकै त्रिभुवन आर्मी क्लब र न्यु डाईमण्ड पोखरा रंगशालामा भैरहेको छ ।
आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वित्तीयले ७५ हजार तथा तृतीयले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन् ।
तस्बिर – भलिबल नेपाल