विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो ।

शाक्यलाई कार्तिक २१ गते उर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई एनइए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर नियुक्ति दिइएकोमा फेरी कायममुकायमको जिम्मेवारी प्रदान गरिएको थियो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि तत्कालीन उर्जामन्त्री वर्षमान पुनले वरिष्ठताका आधारमा उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी प्रदान गरेका थिए ।

तर प्राधिकरणको वरिष्ठ अधिकारीहरुलाई पाखा लगाएर पुनले आफू नजिककालाई जिम्मा दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली उनीसंग असन्तुष्ट बनेका थिए । त्यसपश्चात् मात्र प्राधिकरणको नेतृत्वमा शाक्यलाई ल्याइएको थियो ।

कमेन्टहरु
Loading...