गण्डकी प्रदेशका जिल्लासहित पहिलो चरणमा ४० वटा जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० तथा २७ गते बाँकी रहेका ३७ वटा जिल्लामा निर्वाचन गर्न निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १७ गते देशका ४० वटा जिल्ला तथा बाँकी ३७ वटा जिल्लामा वैशाख २७ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार वैशाख १७ गते गण्डकी प्रदेशसहित सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशका ४० वटा जिल्लामा आम निर्वाचन हुनेछ । त्यस्तै प्रदेश नम्बर १ सहित बाग्मती तथा कर्णाली प्रदेशका ३७ वटा जिल्लामा वैशाख २७ गते आम निर्वाचन हुने ती मन्त्रीले जानकारी दिएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यस लगत्तै प्रधानमन्त्री ओलीले २०७८ को वैशाखमा आम निर्वाचन गर्ने घोषणा गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विभिन्न व्यक्तिहरुले रिट दायर गरेका छन् । रिटमा हाल सुनुवाई भइरहेको छ ।

कमेन्टहरु
Loading...