साँस्कृतिक कार्यक्रम सहित वृहत रक्तदान कार्यक्रम हुने

पोखरा १८ पौष/लायन्स क्लब अफ पोखरा पिस सिटी र पिस सिटीद्वारा स्पोन्सर गरिएका क्लबहरू पिस भ्याली, लियो क्लब अफ पोखरा पिससिटीका साथै महिला मात्रको क्लब पिस पोखराको संयुक्त आयोजनामा विविध साँस्कृतिक कार्यक्रमका सहित रक्तदान कार्यक्रम हुने भएको छ ।

क्लबले यही २०७० पौष २० गते शनिबार पोखराको चिप्लेढुंगा स्थित वि.पी. शालिक अगाडि विविध साँस्कृतिक कार्यक्रम गरी रक्तदान कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने कार्यमा जुटेको लायन्स क्लब अफ पोखरा पिस सिटीका सचिब टंक अधिकारीले जानकारी दिएका छन ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखा अन्तर्गत क्षेत्रीय रक्त संचार कार्यालयको प्राविधिक सहयोग र यूनाईटेड रेफरेन्स ल्याब्रोटरी (प्याथोलोजी सेवां) न्यूरोड, पोखराको मुख्य प्रायोजनमा सम्पन्न हुने कार्यक्रममा प्रभात आर्ट, पश्चिमाञ्चल डेभलपमेन्ट बैक, एशियन लाईफ इन्सुरेन्स, मेगा इलेक्ट्रोनिक्स पावर, टेक पार्टनर्स नेपाल, अरनिको शहकारी, मितेरी शहकारी,शिद्धार्थ ज्वलर्स लगाएतको सहयोग रहने कार्यक्रमका संयोजक अर्जुन सिग्देलले बताए ।

कमेन्टहरु
Loading...