पोखरा । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौं संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् । प्रतियोगीतामा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रर्नसअप बने । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रर्नसअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाडौंकी आकृती पोखरेल थर्ड रर्नसअप घोषित भए ।
गायनतर्फका ४ जना र नृत्यतर्फका ५ जनाबीच अन्तिम प्रतिष्पर्धा भएको थियो । फाइनल पुग्नेमा गायनतर्फ काठमाडौंकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले समेत पुगेका थिए । प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद बानिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्राफर निरुता गुरुङ र छेटौं संस्करणको विजेता सेविका कोइराला रहेका थिए ।
विजेतलाई गण्डकी प्रदेशका सासंद राजिव गुरुङ (दीपक मनांगे), जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
गायन तथा नृत्यमा गरीे प्रतियोगीताका लागि देशका ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको आयोजक गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले बताएका छन् ।