पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ अमृता थापामगरले युवा वर्गले नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिएकी छिन् । उक्त समुहले स्याङ्जामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै थापामगरले सत्यका लागि लड्नैपर्ने अवस्था सिर्जना भएको बताइन् । हिजो आफूहरु सिस्टमका लागि लडेको तर आज सोही सिस्टमलाई गलत तरिकाले प्रयोग गरिएको विरुद्धमा लड्नुपर्ने उनले बताइन् । समाजवादी आन्दोलनको नेतृत्व युवाले नै गर्नुपर्ने नेतृ थापामगरको जोड थियो । प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर लड्नुको अर्को विकल्प नभएको उनले बताएकी छिन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गरेमा चिडियाखानामा लगेर थन्ने भनेकोमा उनले आपत्ती प्रकट गरेकी छिन् । गृहमन्त्री थापाले ‘कु’ को साथ दिएको उनको आरोप थियो । आधिकारिक संगठन प्रचण्ड–नेपाल पक्ष नै भएको उनको दावी थियो ।