सामुदायिक सेवा केन्द्र बगरको सदस्य पुनर्मिलन कार्यक्रम

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले सदस्य पुनर्मिलन कार्यक्रम गरेको छ । नयाँ सदस्य र पुराना सदस्य वीचको सम्वन्ध प्रगाढ पार्ने उद्देश्यले सदस्य पुनर्मिलन तथा मैत्रीपूर्ण वनभोज कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक केन्द्रका कोषाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १६ का वडाध्यक्ष जीवनप्रसाद अधिकारीले समाजमा हुने विकृति विसंगतीलाई न्युनीकरण गर्न सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यलय बगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले सामुदायिक सेवा केन्द्र र प्रहरीको समन्वयमा नै अपराधिक क्रियाकलाप न्युनीकरण गर्न सहज भएको बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, निर्वतमान अध्यक्ष तथा सामुदायिक सेवा जिल्ला समन्वय समितिको महासचिव मनपति भण्डारी, सल्लाहकार कृष्ण पौडेल, कानुनी सल्लाहकार हरिप्रसाद अधिकारीले बोलेका थिए ।

कार्यक्रममा विविध कार्यक्रम सञ्चालन गरिएको थियो । सामुदायिक सेवा केन्द्र बगरले फागुन ६ गते प्रजातन्त्र दिवसको अवसर पारेर ट्याक्सीचोक बगरमा खुल्ला रक्तदान कार्यक्रमको अयोजना गरेको कार्यक्रम संयोजक उपाध्यक्ष कल्पना बास्तोलाले जानकारी दिइन् ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामभूषण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रामप्रसाद अधिकारीले स्वागत र सदस्य दुर्गादत्त आचार्य (दिपक)ले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...