पोखराको चिल्लीबारमा कुशलको चमत्कारी प्रदर्शन

पोखरा, १७ पौष/भर्खर रात परेको, मौसम निकै चिसो थियो । मानिसहरु जाडो छल्न आगोको सहारा लिंदै थिए । केहि युवाहरु त्यहि माहौलमा सांगेतिक कार्यक्रम प्रस्तुत गर्दै थिए । सडकमा मानिसहरुको चहलपहल निकै थियो । लेकसाइडको चिल्लीबार रेष्टुरेण्टले अंगे्रजी नयाँ वर्ष २०१४ लाई स्वागत गर्न विशेष कार्यक्रमको आयोजना गरेको थियो । त्यत्तिकैमा एक युवक हातमा केहि बोत्तल र ग्लाँसहरु लिएर मञ्चमा आइपुगे ।

susal barफटाफट बोत्तर घुमाउदै माथि माथि फाल्न थाले उनले । एकैपटकमा बोत्तल र गिलास सहित पाँच बस्तु आकाशमा घुमाउँदै फाल्दै समाउन थालेपछि मानिसहरु उनको प्रदर्शन हेर्न भिड गर्न थाले । उनको चमत्कारी प्रदर्शन हेरेर उपस्थित दर्शकहरु तालि पिट्दै थिए । ति युवा काठमाण्डौका कुशल पौडेल थिए । डेढ महिना अगाडी अमेरिकाबाट नेपाल आएका पौडेलले झण्डै १५ मिनेटसम्म आफ्नों कौशल प्रस्तुत गर्दा हेर्नेहरु अचम्ममा परे ।

यसकिसिमको प्रदर्शनी टेलिभिजनको सेटमा मात्रै देख्न पाइएको नजिकैबाट हेर्दै गरेका राजिब श्रेष्ठले बताए । फ्लेयर बारटेण्डर तथा मिक्सोलोजिमा दख्खलप्रापत २८ वर्षिया पौडेलले लस भेगासमा व्यवसायिक रुपमा यसकिसिमको प्रदर्शन गर्दै आएका छन् । उनले अमेरिकामा बारटेण्डरको रुपमा काम गर्न थालेको ९ वर्ष भयो । बारमा मानिसहरुको आकर्षण बढाउनका लागि उनले बोत्तल घुमाउने चमत्कारी प्रदर्शन सिकेका हुन् । उनको गुरु भनेको इन्टरनेटनै हो ।

उनले इन्टरनेटमै हेरेर झण्डै २ वर्ष अभ्यास गरेपछि बारमा यस्तो प्रदर्शन शुरु गरे । अमेरिकामा पनि उनको प्रदर्शनको निकै तारिफ हुने गरेको पौडेलले बताए । फरक फरक देशहरुमा उनले एक दर्जन प्रतियोगिताहरुमा भाग लिएका छन् । अधिकांसमा उपाधीनै जितेका पौडेलले त्यहाँपनि नेपालकै प्रचारबाजी गर्ने गरेका छन् । चिल्लिबारका सञ्चालक विश्वराज पौडेलले पोखरेलीहरुलाई मनोरञ्जन दिलाउनका लागि पौडेललाई आफ्नों कौशल प्रस्तुत गरिदिन आग्रह गरेका थिए । कुशलले पनि पोखरामा आफ्नों कला प्रस्तुत गर्न पाउँदा खुसि लागेको बताए ।

कमेन्टहरु
Loading...