भागरथीको हत्यामा संलग्नलाई कारवाही गर्न कांग्रेस सभापति देउवाको सरकारसंग माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीमा किशोरीको बलात्कार पछि हत्या भएको घटनामा संलग्नको पहिचान गरेर कडाभन्दा कडा कारवाही गर्न सरकारसंग माग गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् सभापति देउवाले सरकारसंग घटनामा संलग्नलाई कोरवाही गर्न माग गरेका हुन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय भागरथी भट्ट बुधबार विद्यालय गएकी थिइन् । विद्यालयबाट नफर्किएपछि उनको खोजी गर्ने क्रममा बिहीबार साँझ शंकास्पद अवस्थामा जंगलमा मृत भेटिएकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान जारी छ ।

घटनाबाट आफू मर्माहत भएको बताउँदै कांग्रेस सभापति देउवाले घटनालाई प्राथमिकताका साथ अनुसन्धान गरेर संलग्नलाई कडा कारवाहीको माग गरेका छन् । ‘बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया (भागरथी) भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु ।’ सभापति देउवाले ट्वीरटमा लेखेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

कमेन्टहरु
Loading...