पोखरा । पोखरा महतगौडामा गोली चलेको छ ।
गोली लागी मनोज विश्वकर्मा घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ ।
घाइते विश्वकर्माको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यलयका डिएसपी सुवास हमालले गोली कसले चलायो भन्ने बारे पुष्टि हुन नसकिरहेको जानकारी दिए ।
उनले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।