मांसाहारी आन्दोलन अपराध हो, अपराध गरे थुनिनेछः गृहमन्त्री बादल

पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले अस्थिरता तथा अवसरवादका विरुद्ध सिंगो देश आन्दोलित भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले नेपालमा तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गरेका छन् । यो असाधारण परिस्थिति तथा आन्दोलनको सुरुआत हुनुको पछाडि राजनीतिक सत्तासंग जोडिएको बताउँदै बादलले बुझेर मात्रै अहिलेको परिस्थितिको सामना गर्ने समेत स्पष्ट पारेका छन् ।

राजनीतिक सत्ताका प्रमुख व्यक्तिलाई अपदस्थ गर्ने योजना सहित अहिलेको परिस्थिति सिर्जना भएको उनको आरोप रहेको थियो । पार्टीको अध्यक्षलाई विस्थापित गर्ने विषयमा यो परिस्थिति जोडिएको गृहमन्त्री बादलले बताएका छन् ।

संविधान तथा देशका प्रधानमन्त्रीको रक्षाका लागि नागरिक आन्दोलन हुनुको विकल्प नभएको उनले बताएका छन् । आफूहरुलाई सही प्रमाणित गर्न केही नेताहरुले झुठको साहारा लिएको बादलले बताए । प्रचण्ड–नेपाल पक्षे मांसाहारी आन्दोलन मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गरिने बताउँदै हिडेको भन्दै बादलले नेपालको संविधानले त्यस्ता मांसाहारी आन्दोलनलाई अपराधको संज्ञा दिएको बताएका छन् । मांसाहारी आन्दोलनबाट प्रधानमन्त्रीलाई अपदस्त गर्न खोजिएको खण्डमा जावलाखेलको जुमा लगेर थुन्ने बादलले चेतावनी दिएका छन् । अहिले देशभरी चलेको अभियानलाई शुद्धीकरणको अभियान भएको उनको दावी थियो ।

आगामी निर्वाचन एउटा ऐतिहासिक आन्दोलन भएको बताउँदै गृहमन्त्री थापाले देशलाई समाजवाद् तथा समृद्धिको दिशामा अगाढि बढाउने दावी गरेका छन् । आज कै कार्यक्रमबाट ऐतिहासिक आन्दोलनलाई सफल बनाउने उनले दावी गरे । आजको जनसभाले गणतन्त्र रक्षा गर्न नागरिक तयार छौं भन्ने सन्देश दिएको उनले कार्यक्रममा बताएका छन् । विभिन्न आन्दोलन तथा केही नेताहरुले देशलाई प्रतिगामीतर्फ लैजाने प्रयास गरिरहेको भन्दै गुटवादी तत्वलाई मांसाहारी आन्दोलन गर्ने अपराध गर्दा सचेत हुन आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...