पद मोहले केही नेताहरु पार्टी छोडेर गएः नेतृ रावल

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षकी केन्द्रीय सदस्य पार्वती रावलले पार्टीभित्रको केही पद लोलुप व्यक्तिले गर्दा कम्युनिस्ट पार्टी धरासायी भएको बताएकी छिन् । काठमाडौंमा प्रधानमन्त्री ओली पक्षको नेकपाले आयोजना गरेको शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै उनले विधिवत् तथा कानुनी रुपमा पार्टी नफुटेको भन्दै उनले नेकपाको अहिलको अवस्था सिर्जना भएकोमा उनले दुख व्यक्त गरेकी थिइन् ।

प्रधानमन्त्री समेत रहेका समुहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा व्यक्तिलाई समेत एक बनाउन प्रयास गरेको भए पनि त्यो सफल नभएको र पदको लोभले केही नेताले पार्टी छोडेर गएको उनले आरोप लगाएकी छिन् ।

प्रधानमन्त्री ओलीलाई प्रचण्ड–नेपालसहितका नेताहरुले काम गर्न नदिएको उनले बताइन् । प्रचण्ड–नेपाल पक्षले पद मोहमा फसेर जनमतलाई अपमान गरेको भन्दै आगामी निर्वाचनमा आम जनताले त्यसको हिसाब दिने उनको भनाई थियो । ओली नेतृत्वको सरकालाई भाँजो हालेर विकास निर्माणका कामहरुमा बाधा उत्पन्न गराउने काम भएको रावलले कार्यक्रममा आरापे लगाएकी छिन् ।

कमेन्टहरु
Loading...