कास्कीको मर्दी हिमाल ट्रेक र घान्द्रुकमा हिमपात

पोखरा/शुक्रबार बिहान देखि पोखरा र पोखरा आसपासमा आएको मौसम बदलीको कारण कास्कीको चर्चित पदमार्ग मर्दी हिमाल ट्रेकको हाइक्याम्प ,लो क्याम्प र फरेष्ट क्याम्पमा बाक्लो हिमपाल भएको छ । कास्कीका अन्य पर्यटकिय स्थलहरु घान्द्रुक लगायतका स्थानमा पनि हिमापात भएको स्थानियहरुले गन्थन डटकमलाई जानकारी दिए ।


स्थानियहरुका अनुसार हिमपात यहि अनुपातमा जारी रहने हो भने कास्कीको लुम्ले र नाउडाँडामा पनि बेलुका सम्म हिमपात हुनेछ । शुक्रबार बिहानै देखि परेको बर्षाको कारण पोखरामा पनि चिसो अत्याधिक बढेको छ । चिसोको कारण सडकमा हिड्नेहरुको संख्यामा कमि आएको छ भने अत्यावश्यक काम बाहेक जनताहरु घर बाहिर निस्किएका छैनन् ।


हिमपातका कारण कास्कीका हिमाली क्षेत्रको जनजिवन भने पुरा प्रभावित बनेको छ ।

तस्विर सौजन्य – चिम नारायण गौतम

कमेन्टहरु
Loading...