काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले हिजो बिहीबारको आम हड्तालले आम नागरिकलाई समस्या परेकोमा माफी मागेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समुहले आफूहरुले आम हड्ताल आयोजना गर्नु रहर नभएर बाध्यता भएको बताउँदै जनतासंग माफी मागेको हो । पत्रकार सम्मेलेनमा बोल्दै नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम हड्तालबाट अफ्ठ्यारो भए पनि आम नागरिकहरुले आफूहरुलाई साथ र समर्थन गरेको अध्यक्ष प्रचण्डको दावी थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार लोकतन्त्र तथा संविधान माथि हमला गरेको तथा हरेक पटक गैरजिम्मेवारपूर्ण कदम उठाएको भन्दै त्यसको जवाफ आम हड्तालमार्फत् दिएको उनले बताएका छन् । कसैले आफ्नो लुगा तानेर च्यातिदिएमा त्यसको तुरुन्त प्रतिवाद गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीको कदमविरुद्ध हिजो आम हड्ताल सोही प्रतिवाद स्वरुप रहेको प्रचण्डले बताए । आम हड्ताल आफूहरुको पार्टीको नीति तथा नियममा नभएको दावी गर्दै अध्यक्ष प्रचण्डले माफी मागेका हुन् ।