काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटतर्फ संकेत गर्दै कसैलाई पार्टीबाट चोइटिन मन भए त्यतैतर्फ जान सुझाव दिएका छन् ।
आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी छाडेर कसैलाई जान इच्छा भएमा बालकोट जान सुझाव दिएका हुन् । बालकोट वरीपरी गणेश प्रवृत्ति मनाउन आग्रह गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले गरेको अपराधको हिसाबकितास समेत इतिहासले हेर्ने बताएका छन् ।
चक्रपथमा आर्मीका गाडी घुमाउँदैमा आफूहरु नडराउने बताउँदै नेपालले हिजोको नेपाल बन्दका विषयमा भ्रम फैल्याइएको आरोप लगाए । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनका क्रममा केपी ओलीले निर्देशन दिएर बल प्रयोग भएको नेपालको आरोप रहेको थियो ।
आफूहरुसंग कार्यकर्ता देशैभरी रहेको भन्दै नेपालले त्यसमा ओली समुहलाई आँखा नलगाउन नेपालले चेतावनी दिएका थिए । कार्यकर्ता धेरै भएको दावी गर्दै अध्यक्ष नेपालले आधिकारिक नेकपा आफूहरु भएको र त्यसमा आँखा नलगाउन उनले चेतावनी दिएका हुन् ।