प्रतिगमन यसकारण मेरो बा होईनन्

  • सौगात पोखरेल

हामीलाई हरेक स–सानो कुराले छुन्छ । जीन्दगी उसै पनि स–सानो कुरामा अल्झिएको हुन्छ । खुशिहरु पनि त स–सानै कुरामा मिल्छ । तर शासकहरुले कहिलेकसो हामीलाई ठुला ठुला कुरा सोच्न बाध्य बनाउछन् । शासकहरु युट्युबमा घरझगडा हेरेर बसेका जनतालाई राजनीति बारे सोच्न बाध्य बनाउँछन् । आजकाल म पनि नेकपा झगडा र त्यसले निम्त्याएको संबैधानिक संकटलाई नजिकबाट नियाली रहेको छु । छोटपत्र एकपक्षको कारण मात्र हुँदैन । त्यसमा दुवै पक्ष दोषि हुन्छन वा भनौँ न छुटिनका लागि दुवै राजी पनि हुन्छन् ।

नेपाल कम्युनिष्ट पार्टी नामक स्वार्थ समुहमा देखिएको असहमति र सत्ता साझेदारीको कुरो नमिल्दा आज देशले नै दुख भोगिरहेको छ । यसमा ओली जति गलत छन् प्रचण्ड पनि उत्तिनै गलत छन् । ओलीजस्तो शासक जसको चाहना विपरित अहिलेको परिवर्तन भएको थियो । उनैलाई सत्ताको साँचो सुम्पने दहाल नेपाल समुह पनि यो संकटको उत्तिकै भागिदार छ । प्रचण्ड ओली मिलुन या छुटुन त्यो उनीहरुको निजि कुरा हो । तर पार्टीको बिबादलाई संसद बिघटनसम्म पु¥याउने ओली गुटलाई जति निन्दा गर्दा पनि कम हुन्छ ।

हामी देश र देशको संबिधानलाई आमा मान्छौँ । त्यहि आमामाथी ओली सरकारले बलत्कार गरेको छ । आमामाथी बलत्कार गर्दा पनि ओली कमरेडले ठिकै ग¥यो भनेर भन्नेहरु देख्दा लाग्छ उनी पनि पनि आमाका बलत्कारी हुन् । हुन त मान्छेले सामाजिक संजालमा प्रतिगमलाई बा भने पनि भेटघाटमा भने गल्ति हो भनेर स्विकार नै गर्छन् । तर आमामाथीको बलत्कारको पक्षमा वकालत गर्नेहरुलाई के साँच्चै संसद बिघटन वा प्रतिगमन बा नै हो भन्ने लाग्ला ? तर मलाई त प्रतिगमन कहिल्यै बाजस्तो लागेन बरु सधै बलत्कारी झै लाग्यो ।

कोरोनाले थलिएको देशलाई फेरि एकपटक बन्द गरेर बहादुरि देखाउने दाने समुहका नेता कार्यकर्तालाई पनि संसद बिघटन भयो भन्ने चिन्ता भन्दा पनि सुर्य चिन्ह कस्लाई पर्छ भन्ने चिन्ताले बढि सताएको देखिन्छ । सुर्य चिन्ह आफ्नो भागमा प¥यो भने प्रचण्ड प्रतिगम सच्चियो भनेर सडकबाट फिर्ता हुन्छन् । शेर बहादुर देउवा त उसै पनि चुनावतिरै लम्किराको छन् ।

संसद बिघटन दलहरुले भनेजस्तो सहज बिषय छैन । साँच्चै यो प्रतिगमनबाट सरकार पछाडी हटेन भने फेरि देश अस्थिरताको दलदलमा फस्नेछ । त्यसैले सचेत नागरिकहरु यो ओलीको गैरसंबैधानिक कदमको बिरोधमा लाग्न जरुरी छ । कुनै पार्टीको झण्डा नबोकिन देशको झण्डा बोकेर देशमा स्थायित्व कायम गराउनका लागि सबैलाई सधै गरिखाने बातावरण बुलन्द बनाउनका निम्ति प्रतिगमलाई बा होईन बलत्कारी ठानेर न्याएको पक्षमा आवाज उठाउन जरुरी छ ।

त्यसैले प्रतिगमलाई बा होईन
बलत्कारी भनौँ र बलत्कारीको बिरोधमा लागौँ

कमेन्टहरु
Loading...