हड्तालको विरोध गर्दै ओलीपक्षीय युवा विद्यार्थीको मार्चपास

काठमाडौं । केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले मार्चपास गरेका छन् । बिहिबार प्रचण्ड माधव समूले गरेको आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका हुन् ।

त्यस्तै शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृहत जनप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास गरेका हुन् ।

युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

कमेन्टहरु
Loading...