काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ८ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५ सय ७३ पुगेको छ।
गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।