हड्‍ताल सफल पार्न खटिएका कार्यकर्ताले सडकमै खाए भात

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका दाहाल(नेपाल समूहले गरेको आम हड्‍तालमा कार्यकर्ताले सडकमै खाना बनाएर खाएका छन् । बिहीबार गरेको आम हड्‍ताललाई सफल पार्न कार्यकर्ता सडकमा बिहान देखि खटिएका छन् । आज कोटेश्‍वरमा खटिएका कार्यकर्ताले सडकमै खाना बनाएर खाएका हुन् ।

कोटेश्‍वरमा खाना खाइरहेको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा, जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री पौडेललगायत नेताहरूले खाना खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको छ ।

 

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पम्फा भुसाललगायत नेताहरू पुल्चोकको सडकमा चिउरा र पानी खाएर बसेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल(नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।

तस्बिरहरू: रामप्रसाद सापकोटाको फेसबुकबाट

कमेन्टहरु
Loading...