सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । आफ्नै समूहले आहृवान गरेको आमहड्ताललाई सफल पार्न सातदोबाटो चोकमा पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै हड्तालमा नाराबाजी गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताएका छन् ।

लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’

संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’

कमेन्टहरु
Loading...