गन्थन डेस्क । आज घोषित आम हड्ताल सफल बनाउन पोखरामा पनि प्रचण्ड९नेपाल समूहका कार्यकर्ता सडकमा निस्किएका छन् । पोखरा महेन्द्रपुलमा समूहका कार्यकर्ताले सर्वसाधारणलाई सोधपुछ गरेर मात्र जान दिएका छन् ।
कार्यकर्ताले विद्यार्थी, अत्यावश्यक सेवाका गाडी बाहेक अन्यलाई रोकेका छन् । उक्त आनदोलकारीको नेतृत्व पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङले गरेका छन् ।
पोखरामा पनि बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । तर कार्यकर्ताको विरोध पब्चात् पोखरामा बन्दको प्रभाव बिहान भन्दा बढी बढ्दै गएको हो ।
एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधीका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि महेन्द्रपुलबाट कार्यकर्ता विनायक तिमिल्सना पक्राउ परेका थिए ।
समूहले असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको हो ।
https://fb.watch/3refwdnnJ6/