प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो ?” भनी प्रश्न गरेका हुन् ।
उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए ।
“बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उनले भने ।
उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए ।
उनले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताए ।
प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गरे ।
उनले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिए ।
उनले भने, “सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हुँदैन ।