जनसाँस्कृतिक महासंघले सम्झियो ‘धनबहादुर गायक’

जनसाँस्कृतिक महासंघ, कास्कीको आयोजनामा महासंघ गण्डकी प्रदेशका सल्लाहकार तथा लोकप्रिय संगितकर्मी धनबहादुर गायकको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

स्वर्गिय गायकको घरमा नै आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कृष्ण थापाले गायकको निधनले नेपाली संगित क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका अर्का केन्द्रीय सदस्य दामोदर बैरागीले सारङ्गीलाई नेपाली संगित क्षेत्रमा स्थापित गराउन गायकले गर्नुभएको योगदानको सम्झना गरे ।

त्यसै गरी पार्टीको भातृ संगठन जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश कमिटीका संयोजक मनकुमार श्रेष्ठले गायकको सपनालाई महासंघको पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जीवन आचार्यले गायक जस्ता महानगरभित्रको संगित साधकहरुको योगदानलाई सम्मान गर्न महानगरले विभिन्न गतिविधीहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु पद्मराज ढकाल, तारापति सुवेदी, शंकर बिरही गुरुङ्ग, राजेन्द्र सापकोटा र करण तामाङ्गले आफ्नो धारणा राखेका थिए ।

महासंघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभाको सञ्चालन अर्का केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज जीवन दाहालले गरेका थिए ।

कमेन्टहरु
Loading...