पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखरामा भएको छ । बुधबार संघ केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकको पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले समर्थन गरको हो । संघका केन्द्रीय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाएको हो । संघको केन्द्रीय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल (नेपालगञ्ज), महासचिव सुवोध प्रधान (चितवन), सचिव वीरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनिष जोशी (काठमाडौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरको छ ।
सदस्यमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) लाई मनोनित गरेको छ ।
संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ । प्रदेश १ बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बाग्मतीमा दिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ ।
कार्यक्रममा बोल्दै लोकतान्त्रिक खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन् । ‘केही प्राविधिक कारणले निस्क्रिय रहेको संघ अब जाग्छ ।’ उनले भने, ‘संघले अब प्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने छ ।’ नेपाली कांग्रेसका केन्द्रीय समिति समेत रहेका बस्नेतले द्रुत गतिमा खेल गतिविधी अगाडि बढाउँदै युवालाई आराम गर्ने समेत फुर्सद नदिने बताएका छन् । युवाहरुलाई कांग्रेसले समेट्न नसकेको आरोप रहेको उनको भनाई थियो । यो आरोपलाई चिर्न संघले युवालाई खेलको क्षेत्रबाट समेट्ने उनले बताए । वडा वडामा प्रशिक्षक पठाएर हजारौं प्रशिक्षकलाई रोजगार दिने आफूहरुको योजना रहेको उनले सुनाए । संघलाई भातृ संस्थाको रुपमा अगाडि बढाएर घोषणा भएको समितिको पूर्ण समर्थन जनाउँदै हरेक कार्यक्रममा अघिपछि भएर हिड्ने उनको भनाई छ । एक फरक प्रसंगमा उनले कम्युनिस्ट सरकारले खेल क्षेत्रमा भ्रष्टचार गरेको आरोप लगाए । हरेक क्षेत्रमा भ्रष्टचार गरेको कम्युनिस्ट सरकारले खेलकुद क्षेत्रलाई पनि नछोडेको उनको भनाई छ । ‘कुनै पनि सहयोग दिन सरकारको अनुमति लिनुपर्छ ।’ उनले भने, ‘यो सरकारले स्वीकृति बिना सहयोग लिन पाउने नियम बनाएको छ ।’
संयोजक घोषणा भइसकेपछि उनीहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउन लोकतन्त्र प्रेमी खेलाडीलाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो । संघले स्थापना भएदेखि नै खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेल्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सी, कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, खेलकुद विभाग महासचिव मिमकिशोर महर्जन, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, क्षेत्रीय सभापति मधु बास्तोला र नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले बोलेका थिए । संघका केन्द्रीय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनको अध्यक्षमा भएको कार्यक्रममा दिपक गुरुङले स्वागत र पूर्व सांसद शारदा पौडेलले धन्यवाद मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सुवोध प्रधानले गरेका थिए ।