संवैधानिक निकायका पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौं । संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस भएकोहरुले आज सपथ ग्रहण गरेका छन् । मानवअधिकार तथा अख्तियार सहितका विभिन्न आयोग तथा निकायहरुमा गत मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले ४५ जना व्यक्तिहरुको नियुक्तिका लागि सिफारिस गरेअनुसार उनीहरुलाई सपथ ग्रहण गराइएको हो ।

प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले आयोगका अध्यक्षमा सिफारिस भएका तथा सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते नै प्रतिनिधिसभा विघटन गरेकाले नियुक्त भएकाहरुले संसदीय सुनुवाईको सामना भने गर्नुपरेन ।

कमेन्टहरु
Loading...