राजेन्द्र महतोले भने, ‘संविधानमा सबै क्षेत्रको अपनत्व हुनुपर्छ’

जनता समाजवादी पार्टी नेपाल ९जसपा०का वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताएका छन्।

सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिए।

वरिष्ठ नेता महतोले संसद् पुनःस्थापना र निर्वाचनबाट जनताका समस्या समाधान नहुने उल्लेख गर्दै जनताको अधिकार स्थापित गर्न मुलुकमा सुशासन कायम हुनुपर्ने र आर्थिक समृद्धिका लागि संविधान संशोधन नै स्थायी समाधान रहेको धारणा व्यक्त गरे। उनले स्वार्थ र कुर्सीको लडाइँका कारण संसद् विघटन भएको उल्लेख गर्दै ७० वर्षका अवधिमा जनताको भन्दा प्रमुख राजनीतिक दलका नेतृत्वको स्वार्थका कारण सात वटा संविधान आएको बताए ।

पार्टीका कार्यकारी सदस्य युवराज कार्कीले संसद् विघटनले विधिको शासन उल्लङ्घन भएको बताए । पार्टीका जिल्ला अध्यक्षद्वय राजकुमार यादव र मोहम्मद कादिरलगायतले जसपा प्रगतिशील र नवीन सोच भएको पार्टी हो भन्दै समानुपातिक समावेशिताका सवालमा पार्टी गम्भीर रहेको बताए ।

कमेन्टहरु
Loading...