श्रम निरीक्षण सम्बन्धी २ दिने तालिम शुरु

पोखरा ०६ पौष/अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ नेपाल आबद्ध परिषदको आयोजनामा आजदेखि २ दिने श्रम निरीक्षण प्रणली तालीम तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।

पोखरा ९ साहारा टोलमा रहेको ट्रेड यूनियन कागं्रेसको सभाहलमा शुरु भएको कार्यक्रममा ट्रेड यूनियन काग्रेस र जीफन्ट कास्कीका २० जना प्रतिनिधीहरु सहभागी रहेका छन । तालिममा नेपाली श्रम बजार र सामाजिक सुरक्षा , नेपाल श्रम निरीक्षण प्रणालीको विषयमा अन्तरक्रिया गरिने भएको छ ।

तालिममा टे«ड यूनियन कांग्रसका धिरेन्द्र सिङ र जीफन्ट राष्ट्रिय कमिटिका सदस्य केशवराज दवाडीले सहजीकरण गर्ने भएको जीफन्ट कास्कीका बिजया सुवेदीले जानकारी दिइन । अन्तराष्ट्रिय टे«ड यूनियन महासंघ नेपाल आवद्ध परिषदले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका विभिन्न मजदुर संघठनहरुलाइ यस्ता किसिमको तालिम तथा अन्तरक्रियाहरु गर्दै आइरहेको छ । जस अन्तर्गत पोखरामा पनि आज र भोली कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...