पोखरा १६, पुस। भारतीय भू.पू गोर्खा सैनिक कल्याणकारी समिति हेमजाको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा भूपू गोर्खा सैनिका कल्याणकारी समिति हेमजाका संस्थापक अध्यक्ष सम्मरबहादुर श्रेष्ठले उनिहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।
गत मंसिर १५ गतेको समितिको तेस्रो साधारण सभाले दानबहादुर भुजेलको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति चयन गरेको थियो ।
जसको प्रथम उपाध्यक्ष गोविन्दकुमार गौतम, द्धितीय उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, सचिव हरिकुमार श्रेष्ठ, सह–सचिव अम्मरबहादुर जि.सी, कोषाध्यक्षमा शेरबहादुर कुँवर(शिव), सह–कोषाध्यक्ष लक्ष्मण भण्डारी र सदस्यहरुमा गणेशबहादुर कुँवर, मानबहादुर थापा, बुद्धिबहादुर ज्वहारचन, छविलाल पौडेल, दिपबहादुर थापा, दिलबहादुर नेपाली, ग·ाप्रसाद तिवारी, एकनाथ तिम्सिना, शिवप्रसाद गौतम जगतबहादुर थापा, नरलाल चापागाई र उदयप्रसाद श्रेष्ठ चयन भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समितिका संस्थापक अध्यक्ष सम्मरबहादुर श्रेष्ठले दुई वर्ष पहिला गठन भएको यो संस्थाले समाजमा सकारात्मक प्रभाव पार्न सफल रहेको बताउदै आगमि दिनमा सकारात्मक कार्यद्धारा समाज सेवामा लाग्न आग्रह गर्नुभयो । साथै उहाँले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामनाका दिदै कार्यकालको पूर्णसफलताको कामना गर्नुभयो । कार्यक्रममा बरिष्ठ सल्लाहकार नरबहादुर मल्ल, सल्लाहकार गणेशबहादुर थापा र पदमबहादुर गुरु·, द्धितीय उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सह– सचिव अम्मरबहादुर जि.सी लगायतले बोल्नुभएको थियो ।भू.पू सैनिक कल्याणकारी समिति हेमजाका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष गोविन्दकुमार गौतमले स्वागत र सचिव हरिकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।