काठमाडौं । आउँदो बिहीबारबाट पश्चिमी वायुको प्रभावले बदली भई हिमपात तथा वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । यसपछि भने गर्मी सुरु हुने मौसमविदको भनाई रहेको छ । मौसमविद शान्ति कँडेलले हालसम्मको परिस्थितिलाई नियाल्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली भएर पानी पर्ने हिमपात हुने जस्ता सम्भावना देखिएको बताएकी छिन् ।
मौसम अनुमान गर्दा अपडेट भइराख्नुपर्ने र यो सिस्टम गइसकेपछि भने केही मात्रामा गर्मी सुरु हुने उनको भनाई रहेको छ । नेपालको पश्चिमी भागबाट मौसम बदली सुरु हुने र मौसमको यही प्रणाली हुँदासम्म तापक्रम घट्ने मौसमविद् कँडेलले जानकारी दिएकी छिन् ।