तनहुँ संवादाता ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको हातमा देश असुरक्षित बन्दै गएको आरोप लगाएका छन् ।
सोमबार तनहुँको दमौलीमा नेपाली कांग्रेसले गरेको बिरोध सभालाई सम्वोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
‘यो राष्ट्र सुरक्षित छैन । नेपाली सुरक्षित छैनन् । नेपाली महिला सुरक्षित छैन, निर्मला पन्तहरु सुरक्षित छैनन । सुरक्षित छैन भन्ने यो कदम प्रमाण हो । अहिलेको संसद भंग भएको छ ।’,उनले भने ।
७० वर्ष लगाएर लडेर ल्याएको संविधानलाई केपी ओलीले प्रहार गरेको उनको भनाइ थियो ।
‘नेपाललााई एउटा विग्रहको भुमरीमा धकेलेर अफगानिस्तानको हालतमा पुर्याएर राष्ट्रमाथि असुरक्षा पैदा गरेको छ । नेपाललाई असुरक्षित बनाएको छ । यहाँ भित्र खेलहरु भैरहेको छ यो बुझ्न जरुरी छ’,उनले भने ।
केपी ओलीलाई प्रतिनिधि सभा र पार्टी दुबै अल्झो भएको नेता पौडेलले बताए ।
‘ओलीलाई आफ्नै साथी पनि अल्झो भयो, जनताले दिएको मत अल्झो भयो ।’उनले भने ।
उनले निर्णायक संघर्षमा पुग्ने दिन नआउनका लागि संसद पुर्नः स्थापनको विकल्प नभएको बताए ।
‘यो राष्ट्रघाती कदम हो । त्यसैले नेपाल सुरक्षित छैन । यो कदम राष्ट्रपतिेले रोक्नुपथ्र्यो तर रोकिनन् । यो चाही अदालत बाँकी छ, अदालतले पुर्नस्थापना गर्छ । यो अवैधानिक कार्यलाई बैधानिक बनाउँछ भनने एउटा ठाउँ बाँकी रहेको हुनाले हामी निर्णायक संघर्षमा पुगेका छैनौ । हामी निर्णायक संघर्षमा पुग्ने दिन नआओस भनेर म अपेक्षा गर्छु’,नेता पौँडेलले भने ।