पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७५ हजार १ सय ५२ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ९७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल १ सय ५० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय २८ जना आइसियु र २२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २ जना संक्रमित मात्र आइसियुमा छन्। कुनै पनि संक्रमित यहाँ भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २८ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन्। सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।