पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्रीले संसद विघटन गरेर जनताको विश्वास तोडेको बताएका छन् ।
सोमबार पोखरामा कांग्रेसका विभिन्न भातृ संगठनले आयोजना गरेको प्रतिनिधसभा विघटन विरुद्धको कार्यक्रममा बोल्दै केसीले बहुमतको सरकारले जनताको आशार विश्वास तोडेको बताएका छन् ।
‘हरेक नेपालीले शन्तिसँग बाच्न पाउने सोच्दै निर्वाचनमा नेपालीले सरकारलाई स्थायी बनाउन आशा र विश्वास गरेर बहुमत दियो,’उनले भने,‘तर आज यहीँ सरकार संसद विघटन गरेको छ बाउले नै छोरीको इज्जत लुटे छोरी कहाँ जाने ? विद्रोह हुन्छ ।’ उनले सरकार आफनो अभिभाव भएको बताएका छन् ।
‘
तपाईंलाई नै सरकार दिने संविधानमाथि असंवैधानिक कदम चालेर बाउले छोरीको इज्जत लुटेजस्तो महसुस भएको छ कि छैन ?’ उनले ओलीलाई प्रश्न गरेका छन् ।