पोखरामा ३२ सहित प्रदेशमा ४८ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशमा थप ४८ जनामा संक्रमाण पुष्टि भएको हो । थपिएका संक्रमतिमध्ये ३२ जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै बागलुङमा ७ जनामा संक्रमण देखिएको छ । यता म्याग्दीमा ३ जना र तनहुँमा ४ जनामा संक्तमण पुष्टि भएको छ । यता पर्वत र लमजुङमा १ १ जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय ६५ पुगेको छ ।

कमेन्टहरु
Loading...