झाँक्रीको अभिव्यक्तिप्रति राष्ट्रपतिकी छोरीको आपत्ति: उहाँको सिन्दूर, पोते र रातो सारी फिर्ता ल्याइदिनुस्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपाको दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । फेसकुबमा आमा (राष्ट्रपति भण्डारी) सँगको तस्बिर शेयर गरेर झाँक्रीलाई प्रश्‍न गरेकी हुन् ।

रामकुमारी झाँक्रीले केही दिन अघि गोरखाको सिराञ्‍चोकमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बाहिरिएर बालकोट जान र विधवा बनेपछि सेतो सारी लगाएको भनेर आलोचना गरेकी थिइन् । ‘हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन। यदी तपाइँलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी करिअर महत्वकांक्षा हो भने ठाउँ साटौँ तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ? लिएर जानुस्’ उनले भनिन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्‍न सुनाइदिनु ।’

कमेन्टहरु
Loading...