नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप, उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टीका दुई समूहबीच नुवाकोटमा झडप भएको छ । कार्यक्रमका लागि नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोख्रेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई दाहाल–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा झडप भएको हो ।

झडपका क्रममा उपप्रधानमन्त्री पोख्रेल चढेको गाडीलाई लक्षित गर्दै ढुंगा प्रहार भएको थियो । उपप्रधानमन्त्री पोख्रेल चढेको गाडीमा ढुंगा प्रहार भएको उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार मन्त्रीसँगै रहेको एक संस्थानको गाडीमा भने क्षति पुगेको छ । प्रहरीले भने दुवै समूहबीच सामान्य झडप भए पनि उपप्रधानमन्त्रीको गाडी तोडफोड नभएको बताएको छ ।

कमेन्टहरु
Loading...