काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सोमबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बहस गर्ने भएको छ । आज सोमबार प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन् ।
संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन (शनिबार बाहेक) दिनसम्म बहस गरेका थिए। यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि व्यक्तिले बहस गरेका थिए ।
गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् । पुस ६ गते यसको विरुद्धमा सर्वोच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।