फाइल तस्बिर
दिपक के श्रेष्ठ
माघ १९ गते राति बख्तरबन्द गाडीसहित नेपाली सेनाले राजधानीको चक्रपथ क्षेत्रमा चक्कर लगाउने भएको छ ।
तर बख्तरबन्द गाडीसहित निस्कने सेनाको राजनीतिक घटनाक्रमसँग भने कुनै सम्बन्ध हुनेछैन ।
सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ताले दिएको जानकारी अनुसार नेपाली सेनाले अभ्यासकाक्रममा बख्तरबन्द गाडीको प्रयोग गर्ने भएको हो ।
प्रवक्ता सन्तोषवल्लभ पाण्डेले सेनाको आधिकारिक ट्विटरमार्फत मध्यरातमा हुने अभ्यासबारे जानकारी गराएका छन् ।
त्यस्तै, माघ २१ गते आठवटै पृतना कमाण्ड अन्तरगत मेकनाइज्ट युनिटबाट देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने पाण्डेले जनाएका छन् ।