काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कृषकलाई नै सबैभन्दा बढी मारमा पारेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले नेपालका कृषकहरुलाई नै वेवास्ता गरेर विदेशी लगानीकर्तालाई हरेकपटक मौका दिनुमा ओली नेपाली कृषकको विरुद्ध भएको दावी गरेका हुन् ।
ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात आफूहरुको पक्षमा नागरिकहरुले साथ दिएको अध्यक्ष प्रचण्डले दावी गरेका छन् ।
एकतापश्चात् पनि ओलीले अलोकतान्त्रिक कदमका विरुद्ध आफूहरुको समुलाई सबै तह तथा तप्काले साथ दिएको बताउँदै उनले कार्यक्रममा खुसी व्यक्त गरेका थिए । विराटनगर, धनगढी, बटलप लगायतका स्थानका नागरिकहरुले पनि ओलीले प्रतिनिधिसभमा विघटन गरेर गलत कदम उठाएका छन् भन्ने सोचका साथ आफूहरुको कार्यक्रममा सहभागी भएको प्रचण्डको दावी थियो ।
प्रधानमन्त्री ओली हाल एक्लिएको बताएका छन् । सत्ता तथा पैसाको बलमा केही व्यक्तिलाई आफ्नो साथमा लिएको भए पनि हरेक तहबाट ओली एक्लो भएको प्रचण्डको दावी थियो ।
नेपालमा दलाल पुँजीपतिलाई ल्याएर किसानलाई मारमा पारिएको विरुद्ध सबै किसान ओलीको विरुद्धमा लाग्ने समय आएको उनले बताए ।