सञ्चार उद्यमी उमानाथ बराललाई पितृशोक

पोखरा । पोखराका सञ्चार उद्यमी समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बराललाई पितृशोक परेको छ ।

समाधान दैनिकको प्रकाशक संस्थाका अध्यक्ष बराललका पीता हरिनन्द बरालको ८७ वर्षको उमेरमा आज बिहान १० बजेर १५ मिनेट जाँदा आफ्नै निवास पोखरा ७ स्थित मासबारको नुवारथोकमा निधन भएको हो ।

उनको आजै पोखरा सेतीनदीको तुलसीघाटमा अन्तिम संस्कार गरिने भएको छ । स्व.बरालका श्रीमती छोरी जुना सहित छोराहरु डम्मरुराज, उमानाथ, कृष्णराज तथा दुर्गा रहेका छन् ।

कमेन्टहरु
Loading...