काठमाडौंमा बर्डफ्लु देखिएसंगै सतर्कता अपनाउन पशु सेवा विभागको अपील

पोखरा । काठमाडौंमा बर्डफ्लु देखिपछि पशु सेवा विभागले विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

बर्डफ्लु देखिएपछि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ सांलेखोला तथा फुटुङमा स्थानीय कृषकले पालेका कुखुरा, टर्की, बट्टाई तथा हाँस नष्ट पारिएको विभागले जानकारी दिएको छ ।

उक्त स्थानमा ६ सय २२ वटा बट्टाई, २५ टर्की, ७५ केजी दाना, १ हजार ८ सय ६५ वटा हाँस, ३२ वटा कुखुरा तथा ५ सय ४२ वटा अण्डा समेत नष्ट गरिएको विभागले जानकारी दिएको छ । बर्डफ्लु रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि संघ प्रदेश तथा स्थानीय तहसंग छलफल गरेर उक्त क्षेत्रमा रहेका घरपालुवा पंक्षी, तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको समेत विभागले जानकारी दिएको छ ।

साथै विभागले विज्ञप्तिमार्फत् पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपोसार गर्दा अनिर्वाय स्वास्थ्य परीक्षण गरेर भेटेनरी प्रमाणपत्र लिन आग्रह गरेको छ । पंक्षीको फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न समेत विभागले आग्रह गरेको छ । ‘सम्पूर्ण पंक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमित रुपमा निःसक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुहुन आग्रह गरिन्छ ।’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि पंक्षी फार्म वा अन्य पंक्षीपालन वा बिक्रीस्थलमा अस्वभाविक रुपमा पंक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सुचना गरिदिनुहुन अनुरोध गरिन्छ ।’

कमेन्टहरु
Loading...