पोखरा । कवियत्रि अन्जु सापकोटाको दुईवटा कविता सङ्ग्रह आज एक कार्यक्रम बिच लोकार्पण गरिएको छ । शनिबार कार्यक्रम गर्दै अन्जुली (मुक्तक सन्चयन) तथा विद्रोह झिल्का (कविता सन्चयन) लोकार्पण भएको हो ।
शुभ प्रभात साहित्य पुन्ज द्रारा आयोजित मनु शर्माको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रमा प्रमुख अतिथि कवि, संस्कृतिकर्मी तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ ले विमोचन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तीर्थ श्रेष्ठले मुक्तकव कवितालाई कुनै परिभाषाको साङ्लोमा बाध्न नहुने बताए । उनले यिनिहरुलाई नदी जस्तै आफ्नै लयमा बग्न दिनुपर्ने जनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै कृतिकार अन्जु सापकोटा ‘अनु’ ले पोखरा जस्तो साहित्यिक नगरीमा आफ्ना कृतिहरुको विमोचन गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै आयोजक संस्था र सदस्यहरु प्रति कृतज्ञता ज्ञापन गरिन् ।
त्यस्तै कार्यक्रममा हरि पौडेल ‘स्वर्णशिखा’ र गजलकार आवाज शर्माले कविता सङ्ग्रह र मुक्तक सङ्ग्रह को क्रमशः समीक्षा राखेका थिए भने कवि तथा कथाकार उल्लासकान्त मैनालीले स्रष्टा परिचय राखेका थिए । गजलकार दीपक समीपले शुभकामना मन्तव्य प्रस्तुत गरे ।
त्यसैगरी कविहरु शिव त्रिपाठी, गौरी तमु, हिमा भुषाल ‘प्रकृति’ ले विमोचित कृतिहरुबाट कविता तथा मुक्तकहरु वाचन गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य द्वितिय उपाध्यक्ष विनोद श्रेष्ठले राखेका थिए ।