गन्थन डेस्क । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय कमिटी सदस्य तथा गण्डकी सह इन्चार्ज खगराज अधिकारीले प्रतिनिधि सभा विघटन संविधान संवत् रहेको दाबी गरेका छन् ।
नेकपा रुपा गाउँ कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेलामा अधिकारीले कार्यकर्तालाई टोल टोलमा कमिटी बनाएर निर्वाचनमा लाग्न आग्रह गरे ।
‘शेरवहादुरले भित्र भित्र चुनाव गराउनुस् भनेर वडावडामा विरोध गरौं भनेर वडागत बुथ कम्पिटिसनमा गैसक्यो कांग्रेस, हामी झुकिन्छौं अब यहाँबाट फर्किएर गएपछि टोल टोलमा चुनाव प्रचार समिति बनाउने हिजोको भन्दा डवल भोट ल्याउने ’,उनले भने ।
केपी ओली नेतृत्वको सरकारले जनताका पक्षमा काम गर्दा गर्दै संसद विघटनको बाध्यत्मक अवस्था सिर्जना गरिएको उनले बताए ।
राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास लगाएर हटाउने अनि प्रचण्ड प्रधानमन्त्री हुने , माधव अध्यक्ष र झलनाथ राष्ट्रपति बनाउने षडयन्त्रका कारण प्रतिनिधि सभा विघटन गर्नु पर्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।
नेता अधिकारीले निर्वाचन आयोगको पछिल्लो पत्रले माधव नेपाललाई अध्यक्षको रुपमा नचिन्ने प्रष्ट पारिसकेपछि आधिकारिता को भन्ने स्पष्ट भएको बताए ।
नेकपा केन्द्रिय सदस्य युवा नेता पदम गिरीले प्रचण्ड र माधव नेपालकै कारण प्रतिनिधि सभा विघटन भएको बताए ।
उनले सरकारलाई चौतर्फी घेरावन्दी गर्ने काम नै गर्न नदिने र प्रतिपक्षसंग मिलेर अविश्वास र महाअभियोगको खेलमा प्रचण्ड माधव समुह लागेकै कारण प्रधानमन्त्रीले ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।
केपी ओली सरकार विरुद्ध मांसहारी आन्दोलनको अपिल गर्ने प्रचण्डलाई जनताले लखेट्ने उनले बताए ।
‘बारम्बार यस्ता धम्की दिने हो भने सारा जनता देशबाट उठ्नेछन् र प्रचण्डलाई यो धर्तीबाट लखेट्नेछन् यो दिनपनि आउनेछ’,उनले भने ।
नेकपा केन्द्रिय सदस्य शिव खनालले राष्ट्रवादी शक्तिहरु केपी ओलीको पक्षमा रहेको बताए ।
उनले केपी ओलीको नेतृत्व नेकपा नै आधिकारिक रहेको जिकिर गरे ।
नेकपा केन्द्रिय सदस्य तथा गाउंपालिका अध्यक्ष नवराज ओझाले कांग्रेसलाई बिकास हेर्न रुपा आउन चुनौती दिए ।
उनले जनताको हरेक आवश्यकतालाई पुरा गर्नका लागि निरन्तर खटिरहेको बताए ।
‘२०७४ अगाडीको रुपमा र पछिल्लो तीन वर्ष रुपमा तुलना गर्न हेर्न आउनुस् केही गरेन भनेर भ्रम छर्ने आँखामा पट्टी लगाउने कांग्रेस नेतालाई म मेरौ गाडी राखेर बिकास देखाउँछु’,उनले भने ।
राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य महेन्द्र गुरुङले राष्टवादी र देशभक्त युवाहरु केपी ओली ओलीको पक्षमा रहेको बताउँदै आगामी निर्वाचनमा लाग्न आव्हान गरे ।
कांग्रेस परियात्ग गरि नेकपा प्रवेश
रुपामा नेपाली कांग्रेस परित्याग गरि २१ जना नेकपा प्रवेश गरेका छन् ।
सुन्दर श्रेष्ठ सुप्पन , ध्रव शाही , हरी शाही ,बलराम सुवेदी , प्रदिप सुवेदी , सुजन बिक, सुर्दशन ओझा , राम बहादुर रुपाखेती , ज्ञानेन्द्र बहादुर खड्का , बाबुराम परियार , बलबहादुर परियार , जंग प्रताप मल्ल ,सिता कुमाल , प्रभाकर शाही , डेम गुरुङ , प्रेम भुजेल , सुन्दर गुरुङ, विजय गुरुङ, सन्जय गुरुङ,लेख बहादुर गुरुङ, सुवास गुरुङ र हरी गुरुङ पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेता खगराज अधिकारी र शिव खनालले अविर र माला लगाइदिएका थिए ।