तनहुँ\४४ किलोमिटरको चौंथो अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि त्रीभुवन आर्मी क्लवका देवराज महतराले जितेका छन् । व्यास नगरपालिकाले आयोजना गरेको मानहुँकोटदेखि पुलिमर्याङसम्मको ४४ किलोमिटरको दुरी तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पार गर्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । विजेता महतराले उपाधिसहित ८५ हजार ७७ रुपैयाँनगदसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै दितीय स्थान सोलुखुम्वुका सुमन कुलुङ राई र रामेछापका वेदवहादुर सुनुवार तृतीय भए ।
उनीहरुले तीन घण्टा १० मिनेट एक सेकेन्ड र तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा निर्धारीत दुरी पार गर्दै क्रमस ६५ हजार ७७ र ५५ हजार ७७ रुपैयाँसहित मेडल र ट्रफि प्राप्त गरे ।
शहिद दिवसको अवसर पारी गरिएको म्याराथन प्रतियोगिताको शुक्रबार पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले उद्घाटन गरी सुभारम्भ गरेका थिए ।
विविधतायुक्त गाउँशहर समृद्ध व्यास नगर भन्ने व्यास नगरपालिकाको दिर्घकालीन सोचलाई पुर्णता दिने अभियान अन्तर्गत ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ व्यास नगरपालिकाले म्याराथन प्रतियोगिता गरेको हो । मेयर बैकुण्ठ न्यौपानेले मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले वर्सैपिच्छे अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको बताए ।