काठमाडौं महानगरको कांग्रेस नेता थापालाई पत्रः कमलपोखरीको सुधारमा के काम गर्नुभयो, लेखेर पठाउनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको विकास निर्माणका लागि आफूले गरेका कामको विवरण लेखेर पठाउन नेपाली कांग्रेसका नेता गगन थापालाई पत्र काटेको छ । नेता थापाले माघ ९ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई लेखेको पत्र प्राप्त भएको र २०७६ असारबाट निर्माण सुरु भएको कमलपोखरीको डिजाइनका विषयमा थापासहितका व्यक्तिसंग पटक–पटक छलफल र अन्तरक्रियाबाट टुंगो लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

‘संवत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईं समेतसंग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको तथ्य स्पष्ट छ ।’ महानगरपालिकाद्वारा नेपाली कांग्रेसका थापालाई काटिएको पत्रमा भनिएको छ, ‘कमलपोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै कार्य गरिएको भन्ने कुरा छलफलका क्रममा तापईंबाट नै अभिव्यक्ति आएको थियो । तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोद्ध गर्दछु ।’

कमेन्टहरु
Loading...