सहीद दिवसमा मुख्यमन्त्री गुरुङद्वारा सम्पूर्ण सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहीद दिवस २०७७ का अवसरमा देश तथा जनताका लागि आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सहीद दिवसका दिन आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले सम्पूर्ण सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

जहानिया राणा शासनको क्रुुर कालखण्डमा प्रजातन्त्रका लागि आफ्नो जीव सहजै देशका लागि आहुती दिने सहीद तथा प्रजातन्त्र आएपश्चात एवं संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्नेहरु सहीदहरु सबैका लागि पथप्रदर्शक तथा आदर्श व्यक्तिका रुपमा रहने गुरुङले उल्लेख गरेका छन् ।

‘संविधानको मर्म र भावना अनुरुप सह–अस्तित्व, सहकार्य र समन्वयको सिद्धान्त बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै सहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत् समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सक्दामात्र महान् सहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’ मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...